दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लटिनाथ माध्यमिक विद्यालय चौपातामा कक्षा १२ मा अध्यनरत विद्यार्थीको विदाई गरिएको छ ।
बुधवार (आज) विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै कक्षा १२ मा अध्यनरत १ सय ६९ जना विद्यार्थीको विदाई गरेको विद्यालयका सहायक प्रधानाध्यापक महेश राज जोशीले जानकारी दिनुभयो ।
यो बर्ष विद्यालयमा कक्षा १२ मा १ सय ६९ जना विद्यार्थी अध्यनरत रहेको उहाँले बताउनुभयो । यो बर्ष कक्षा १२ को परीक्षा बैशाख ११ गते देखि सञ्चालन हुँदै छ । विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना गर्दै विदाई गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया