दार्चुला । शिक्षक सेवा आयोगबाट प्राथमिक तह तृतीय श्रेणीमा नियुक्त भइ अपिहिमाल गाउँपालिकामा खटाईएका पाँच जना शिक्षकहरुलाई गाउँपालिकाले स्वागत सहित पदस्थापन गरेको छ ।
आज एक कार्यक्रमका बिच शिक्षक सेवा आयोगबाट प्राथमिक तह तृतीय श्रेणीमा नियुक्त भइ अपिहिमाल गाउँपालिकामा खटाइएका पाँच जना शिक्षकहरुलाई स्वागत तथा पदस्थापन गरिएको गाउँपालिकाका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।
जसअनुसार शिक्षक सेवा आयोगबाट नियुक्त भएका प्रकाश चन्द्र जोशीलाई महादेव आधारभूत विद्यालय काटैँमा पदस्थापन गरिएको छ । त्यस्तै कमला कुमारी धामीलाई डाडाँबाग आधारभूत विद्यालय लुम्थीमा, दान बहादुर रानालाई सिद्धनाथ आधारभूत विद्यालय घाजिरमा पदस्थापन गरिएको छ ।
त्यस्तै भवानी माध्यमिक विद्यालय सौगान्नामा अदिती लोहार र सुर्मा भवानी आधारभूत विद्यालय थुम्तीमा हिरा कुमारी नेपालीलाई पदस्थापन गरिएको प्राविधिक सहायक जोशीले जानकारी दिनुभयो ।
गाउँपालिकाको शिक्षा सुधारमा केन्द्रीत हुन आग्रह सहित शिक्षक सेवा आयोगबाट नियुक्त भएका शिक्षकहरुलाई शुभकामना सहित पदस्थापना गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया