दार्चुला । दार्चुलामा एक महिलाको उपचार गर्न अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । महाकाली नगरपालिका वडा नम्बर १ मलेराका २३ वर्षीया विनिता कार्कीको उपचारका लागि घरबाट अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको आफन्तजनले बताएका छन् ।

गत बुधबार घाँस काट्न गएका कार्की अवेरसम्म घर फर्किनुभएको थिएन। अवेर राती सम्म घर नफर्किएपछि स्थानीयले खोजी गरेका थिए । बेहोस् अवस्थामा भेटिएका कार्कीलाई स्थानीयले बिहीबार अस्पताल ल्याउँदै गर्दा बिहान घर नजिकै मृत्यु भएको हो ।

मृतकका घरमा एक छोरा छन् । मृतकका श्रीमान जनक कार्कीले गत वैशाखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?