कोरोना खोप प्रयोगमा आए पनि जनजीवन सामान्य बन्न समय लाग्ने

कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप पत्ता लागेर प्रयोगमा आए पनि आउँदो वसन्तमा जनजीवन सामान्य बन्न नसक्ने वैज्ञानिकले चेतावनी दिएका छन् ।

रोयल सोसाइटीको डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले खोप तत्काल उपलब्ध नहुनेतर्फ सचेत गराउँदै खोपको विकास लामो प्रक्रिया रहेको बताएका छन् । यस्तै खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने उनीहरुले बताएका बीबीसीले जनाएको छ ।

इम्पेरियल कलेज लण्डनका नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्युट का डाक्टर फियाेना कुलीका अनुसार, ‘खाेप भन्नेबित्तिकै हामीलाई के लाग्छ भने महामारी समाप्त भइ हाल्छ तर खाेपकाे विकासका क्रममा कैयाैँ पटक विफलता भाेग्नुपरेकाे छ ।’

इम्पेरियल कलेज लण्डनकाे केमिकल इन्जिनियरिङका प्रमुख प्रोफेसर निलय शाह भन्नुहुन्छ, ‘यदि खाेप उपलब्ध भए पनि एक महिनाभित्रमा नै सबैलाई खाेप लगाउन पाउँछन् भन्ने पनि हाेइन । यसमा ६ महिना पनि लाग्न सक्छ, नाै महिना र एक वर्ष पनि लाग्न सक्छ ।’
‘यसरी हेर्दा पनि आउँदाे मार्चसम्म जनजीवन एकाएक पहिलेकाे जस्तै सामान्य हुन्छ भनेर भन्न सकिँदैन’, उहाँले भन्नुभयाे ।

वैज्ञानिकहरुले यस दिशामा अझै पनि धेरै चुनाैतीहरु रहेकाे बताएका छन् ।

यद्यपि केही प्रायाेगिक तरिकाहरु पनि अपनाइएकाे छ । ठूलाे मात्रामा आरएनए खाेप बनाइँदै छ, जाे यसअघि कहिले पनि गरिएकाे थिएन ।

खोप प्रयोगमा आइसकेपछि पनि सङ्क्रमण फैलिन नदिनका लागि लागू गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्न उनीहरुको सुझाव छ । अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागेका छन् ।

२०० भन्दा बढी खोप निर्माणको चरणमा रहेका र त्यसमध्ये ४० भन्दा बढी खोप मानवीय परीक्षणको विभिन्न चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर खोप पत्ता लागेर प्रयोगमा आउन थाले पनि आउँदो वसन्तमा जनजीवन सामान्य अवस्थामा फर्किन नसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका हुन् ।

अहिले विश्वभर ३ करोड ४४ लाखमा कोरोना सङ्क्रमण भइसकेको छ । जसमध्ये २ करोड ५६ लाख निको भएका र १० लाख २७ हजारको ज्यान गएको छ । बाँकीको उपचार चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?