एकैदिन दुई हजार ७२२ सङ्क्रमित थपिए, तीन हजार ३०७ निकाे भए

नेपालमा कोरोना भाइरसका दुई हजार ७२२ थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ७३९ वटा आरटी पीसीआर परीक्षणमा याे संख्यामा सङ्क्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल आरटी पीसीआर परीक्षण दशलाख ४८ हजार ६८६ पुगेको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २१ हजार २३४ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

संक्रमणमुक्त

पछिल्लो चौबीस घण्टामा तीन हजार ३०७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ६० हजार ६९६ जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुने ७३.६३ प्रतिशत पुगेको छ ।

आइसोलेसनमा २१ हजार २३४ जना र क्वारेन्टाइनमा चार हजार ८८५ जना छन् ।

उपचार

नेपालमा २१० जना आसीयू र २९ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।

मृत्यु

पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको निधन भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ५२० पुगेको छ । याेसँगै मृत्युदर शून्य दशमलब ६३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?