रास्वपा सभापति रवि लामिछाने जेल चलान

दार्चुला । सहकारी ठगी एवम् सङ्गठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जेल चलान भएका छन् ।

प्रहरीले आज जिल्ला अदालत उपस्थित गराएपछि लामिछानेलाई जिल्ला कारागार पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ मा जिल्ला अदालत, रुपन्देहीको निर्णय उल्टाएर थुनामा पठाउने आदेश दिएको हो ।शुक्रवार आदेश आए लगत्तै प्रहरीले लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरी भैरहवा पुर्‍याइएको थियो । लामिछाने पक्राउ परेपछि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले प्रहरी उनलाई हिरासतमै राखेको थियो ।

जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । आज त्यो आदेश खारेज भएको छ ।रुपन्देहीको सुप्रिम सहकारीबाट लामिछानेसहित ४२ जनाले ५५ करोड रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दायर भएको थियो । लामिछानेविरुद्ध कास्की, काठमाण्डौ, चितवन र पर्सामा पनि सहकारीको रकम सङ्गठित तवरमा ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ ।

पर्साबाहेक सबै ठाउँमा उनलाई धरौटीमा छोड्न आदेश दिइएको थियो । तर रुपन्देहीको सहकारी ठगीको मुद्दामा धरौटीमा छोड्ने विषयलाई उच्च अदालतले उल्टाइदिएको छ ।अर्का अभियुक्त पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा भने इजलासले जिल्लाकै आदेश सदर गरिदिएको छ । उनलाई जिल्ला अदालतले नै थुनामा पठाउने आदेश दिएको थियो ।

लामिछाने केही दिनअघि मात्र रास्वपा सभापतिको जिम्मेवारीमा फर्किएका थिए । उनकै सभापतित्वमा रास्वपा केन्द्रीय समितिको बैठक बसेको थियो ।लामिछानेको सांसद पदको निलम्बन हटाउने बारेमा सभामुख देवराज घिमिरे छलफल गरिरहेको बेला अदालतले कारागार पठाइदिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?