दार्चुला । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत रहेका दार्चुलाका दुई वटा क्याम्पसमा बुधवार (भोली) हुने स्ववियु निर्वाचनको तयारी पुरा भएको छ । जिल्ला सदरमुकाममा रहेको दार्चुला बहुमुखी क्याम्पस र शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसमा बुधवार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुदै छ ।
निर्वाचनको लागि जिल्लाका दुबै क्याम्पसमा नेपाली काग्रेंस निकटको नेपाल विद्यार्थी संघ र नेकपा (माओवादी) निकटको अखिल क्रान्तीकारी बिच गठबन्धन भएको छ, भने नेकपा (एमाले) निकटको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) एक्लै चुनावी मैदानमा छ।
दुबै क्याम्पमा स्वतन्त्र उम्मेद्धारहरुले समेत निर्वाचनमा भाग लिएका छन् ।
दार्चुला बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट अध्यक्षको लागि खडक सिंह ठगुन्ना तथा नेविसंघ र अखिक क्रान्तीकारीको तर्फबाट नेविसंघका प्रकास बडू अध्यक्ष पदका उम्मेद्धार रहेका छन् ।
अनेरास्ववियुबाट सचिवमा दिपु सिंह महता, कोषाअध्यक्षमा कुसुम धामी उम्मेद्धार रहेको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले बताउनुभयो ।
दार्चुला बहुमुखी क्याम्पसमा नेविसंघले अध्यक्ष र कोषाअध्यक्षसहित ४ खुल्ला सदस्य र क्रान्तीकारीले सचिवसहित २ खुल्ला सदस्य पाउने गरि गठबन्धन गरिएको छ।
दार्चुला बहुमुखी क्याम्पसमा ४ सय ८५ जना विद्यार्थीले मतदान रहेको निर्वाचन अधिकृत करन सिंह साउँदले जानकारी दिनुभयो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय गोकुलेश्वर बहुमुखी क्याम्पसमा पनि निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत रमेश जोशीले बताउनुभयो । भोली विहान ८ बजे देखि ४ बजे सम्म मतदान हुने उहाँले बताउनुभयो । गोकुलेश्वर बहुमुखी क्याम्पसमा २ सय ६४ जना विद्यार्थी मतदाता रहेका छन् ।
गोकुलेश्वरमा अनेरास्ववियुबाट स्ववियु अध्यक्षमा सुनिल डाँगाको उम्मेद्धारी रहेको छ। त्यस्तै सचिवमा विमला जोशी र कोषाअध्यक्षमा रेजिना विष्ट उम्मेदार रहेका छन् ।
गोकुलेश्वरमा पनि नेविसंघ र क्रान्तीकारी बिच स्ववियु निर्वाचनको लागि गठबन्धन भएको छ । त्यहाँ नेविसंघले अध्यक्षसहित २ खुल्ला सदस्य र क्रान्तीकारीले सचिव र कोषाअध्यक्षसहित ४ खुल्ला सदस्य पाउने गरि गठबन्धन गरिएको छ ।
गोकुलेश्वरमा नेविसंघ र क्रान्तीकारीको तर्फबाट नेविसंघका नरेस विष्ट अध्यक्ष पदका उम्मेदारी रहेका छन् । स्वतन्त्र विद्यार्थीहरुको समुहबाट पनि गोकुलेश्वरमा अध्यक्ष पदकोे लागि उम्मेद्धार रहेको निर्वाचन अधिकृत जोशीले बताउनुभयो ।





प्रतिक्रिया