बैतडीमा नेपाल सरकारका दुईजना मन्त्रीको आमगन हुने भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको फस्फोराईट खानी परीक्षणका लागि र पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पाटन विमानस्थलको परीक्षण उडान गर्न बैतडी आउन लाग्नुभएको हो ।

शनिबार पर्यटन मन्त्री योगेश भट्टराई, सुदूरपश्चिम प्रदेश सरकारका पर्यटन मन्त्री माया भट्ट र बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी पाटन बिमानस्थलको परीक्षण उडानका लागि आउने कार्यक्रम तय भएको छ भने, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट होलिकोप्टरमार्फत बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको फस्फोराईट खानी परीक्षण गर्न ड्रिलिङ गर्ने कार्यक्रममा सहभागी हुन दोगडाकेदार गाउँपालिका आउने कार्यक्रम रहेको छ ।

नेपालमै कृषि मलको संभावना अध्ययन गर्न खानी तथा भूगर्भ विभागको १५ जनाको टोली फस्फोराईट खानीमा ५० मिटर गहिरो प्वाल पार्न दुई दिनअघि नै बैतडीको दोगडाकेरा गाउँपालिका आईपुगेको छ ।

यसैबिच २७ बर्षदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल सञ्चालनका लागि काम अघि बढ्न नसकेको भन्दै स्थानीयले गुनासो गरिरहेका छन् । संगै बन्द भएका सुदूरपश्चिमका अरु विमानस्थलमा परीक्षण उडानको उद्घाटन गर्दैगर्दा गोकुलेश्वर विमानस्थलतर्फ पनि ध्यान दिन पर्यटन मन्त्री योगेश भट्टराईलाई स्थानीय शन्तोष बिष्टले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?