पाँच रुपैयाँका नयाँ नोट आजदेखि चलनचल्तीमा

दार्चुला । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ। साविककै आकार तथा रंगमा नम्बर ४५०००००१ देखि नम्बर १८९९९९९९ का नोटहरू चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विंस २०८१ लेखिएको छ।

यसैगरी नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक,मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र राखिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?