सुनको मूल्य अहिलेसम्मकै उच्च: तोलाको एक लाख ९० हजार रुपैयाँ नाघ्यो

दार्चुला । सुनको भाउ अहिलेसम्मकै उच्च भएकाे छ । आज सुनको भाउ एकैदिन तोलामा तीन हजार ६ सय रुपैयाँले बढेर र्कीतिमान बनाएको हो ।

आज सुनको भाउ तोलामा एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजाे सुनकाे भाउ ताेलाकाे एक लाख ८७ हजार रुपैयाँ रहेकाे थियाे ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५५ रुपैयाँ रहेकाे थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?