शिक्षक आन्दोलनले दार्चुलाका दुई स्थानीय तहमा कक्षा ८ को ग्रेड वृद्धि परीक्षा स्थगित

दार्चुला । शिक्षकहरुको आन्दोलन तथा शैक्षिक आमहडतालका कारण दार्चुलाका दुई स्थानीयतहको कक्षा ८ को ग्रेड वृद्धि परीक्षा स्थगित भएको छ। नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै विगत १७ दिन देखि गरिरहेको अन्दोलनको कारण जिल्लाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा कक्षा ८ को ग्रेड वृद्धि परीक्षा स्थगित भएको हो ।

कक्षा ८ को परीक्षा पालिका स्तरीय रुपमा सञ्चालन भएको थियो । बढीमा दुई विषयमा अनुत्तिर्ण (२ विषयमा NG ) भएका विद्यार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

महाकाली नगरपालिकामा शिक्षकहरुको अन्दोलनको कारण बैशाख ५ र ६ गते तोकिएको कक्षा ८ को ग्रेड वृद्धि परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । नगरपालिकाले सुचना जारी गर्दै शौक्षिक सत्र २०८१ को आधारभुत तह उत्तिण कक्षा ८ को ग्रेड बृद्धि परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको प्रमुख प्रमुख शाासकिय अधिकृत ईश्वरी ठगुन्नाले जानकारी दिनुभयो ।

शिक्षकहरुले शैक्षिक आमहडतालमा ऐक्यवद्धता जनाउने भएपछि परीक्षा व्यवस्थापनमा समस्या हुने भएकाले परीक्षा स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

शैल्यशिखर नगरपालिकामा पनि शिक्षकहरुको आन्दोलनको कारण परीक्षा स्थगित गरिएको छ। शिक्षकहरुको अन्दोलन र शैक्षिक हडतालका कारण परीक्षा व्यवस्थापन गर्न समस्या भएको भन्दै परीक्षा स्थगित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टले बताउनुभयो ।

नगरपालिकामा चैत्र २५ र २६ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने मिति तोकिएको थियो । अर्काे सूचना जारी नभए सम्मको लागि परीक्षा स्थगित गरिएको उहाँले बताउनुभयो ।

व्याँस गाउँपालिकामा कक्षा ५ र ८ को ग्रेड वृद्धि परीक्षा बैशाख ११ र १२ गते तोकिएको छ। शिक्षक अन्दोलन तथा शैक्षिक हडताल नरोकिए परीक्षा सञ्चालन गर्न नसकिने गाउँपालिकाको शिक्षा शाखा प्रमुख नरेन्द्र सिंह बडालले बताउनुभयो । ” बैशाख ११ र १२ गते परीक्षा सञ्चालन गर्ने यस अघि नै सूचना जारी गरि सकेका छौ, शिक्षकहरुको अन्दालेन नरोकिए तोकिएको मितिमा परीक्षा सञ्चालन गर्न सकिदैन” उहाँले भन्नुभयो ।

जिल्लाका अन्य स्थानीय तहहरुमा केही स्थानीय तहले परीक्षा सञ्चालन गरेर नतिजा प्रशासन गरिसकेका छन, भने केही स्थानीय तहमा परीक्षा सञ्चालन भए पनि नतिजा प्रकाशन तथा उत्तरपुस्तिका परीक्षण रोकिएको छ ।

अपिहिमाल गाउँपालिकामा परीक्षा सञ्चालन भए पछि शिक्षकहरुले आन्दोलनलाई ऐक्यवद्धता जनाउदै उत्तरपुस्तिका परीक्षण नगरेपछि उत्तरपुस्तिका परीक्षण  र नतिजा प्रकाशनको काम रोकिएको गाउँपालिकाका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो । अपिहिमालमा चैत्र २५ र २६ गते परीक्षा सञ्चालन गरिएको थियो ।

जिल्लाको मार्मा गाउँपालिकामा भने परीक्षा सञ्चालन भएको र नतिजा प्रकाशन हुन बाँकी छ। चैत्र २८ र २९ गते सञ्चालन भएको ग्रेड वृद्धि परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको र नतिजा प्रकाशन बाँकी रहेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत राजेन्द्र प्रसाद जोशीले बताउनुभयो ।

जिल्लाको मालिकार्जुन, लेकम र नौगाड गाउँपालिकामा भने ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशसन भईसकेको छ।

मालिकार्जुन गाउँपालिकामा चैत्र २० र २१ गते परीक्षा सञ्चालन भएको र २२ गते नतिजा प्रकाशन गरिएको शिक्षा शाखा अधिकृत लोकेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।

लेकम गाउँपालिकामा चैत्र १५ र १६ गते परीक्षा सञ्चालन गरि १६ गते नै नतिजा प्रकाशन गरिएको शिक्षा शाखा अधिकृत केशव राज ओझाले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिकाले पनि चैत्र २४ र २५ गते परीक्षा सञ्चालन गरि २६ गते नतिजा प्रकाशन गरेको गाउँपालिकाका सूचना अधिकारी प्रेम राज जोशीले बताउनुभयो ।
जिल्लाको दुहुँ गाउँपालिकामा भने कक्षा ८ मा यो बर्ष सतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । दुहुँ गाउँपालिका जिल्लाका ९ स्थानीय तहमा कक्षा ८को परीक्षामा सतप्रतिशत नतिजा ल्याउने एक मात्रै पालिका हो ।

शिक्षकहरुको अन्दोलनको कारण नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?