राप्रपा अध्यक्ष लिङ्देनसहितका सांसदहरू पक्राउ

दार्चुला । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीहलगायलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले सिंहदबारस्थित संसदीय दलको कार्यालय परिसरबाटै सरकारको विरोध गरेका थिए ।

दलको कार्यालयबाट बाहिरिँदै बानेश्वरतर्फ जान लागेको बेलामा विरोध जनाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले यसअघि नै सामूहिक गिरफ्तारी दिने बताएका थिए ।
तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?