दार्चुला । सुदूरपश्चिम प्रदेशका शिक्षा महानिर्देशक दुर्गादत्त विष्टलाई सम्मान गरिएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले महानिर्देशक विष्टलाई सम्मान गरेको हो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सचिव बिरेन्द्रराज विष्टले सुदूरपश्चिमको शैक्षिक विकासका प्रभावकारी कार्यक्रम ल्याएको र शिक्षा क्षेत्रमा गरेको कामको मुल्याङकन गर्दै महानिर्देशक विष्टलाई सम्मान गरेको बताउनुभएको छ ।
महानिर्देशक विष्टलाई सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री मेघराज खडकाले प्रसंसा पत्र सहित सम्मानपत्र हस्तान्तरण गर्नुभएको छ ।





प्रतिक्रिया