शंकरपुर क्याम्पस पस्तीको व्यवस्थापन समिति अध्यक्षमा सुरेश सिंह धामी चयन

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ मा अवस्थित शंकरपुर क्याम्पस पस्तीमा सुरेश सिंह धामीको अध्यक्षतामा क्याम्पस व्यवस्थापन समिति चयन गरिएको छ ।

आइतवार (हिजो) क्याम्पसको ५ औँ साधारण सभाबाट धामीको अध्यक्षतामा १५ सदस्यीय क्याम्पस व्यवस्थापन समिति चयन गरिएको शंकरपुर क्याम्पस पस्तीका निमित्त क्याम्पस प्रमुख धर्मा सामन्तले जानकारी दिनुभयो ।

समितिमा महिला पदेन सदस्यमा तीन जना, एक जना वुद्दिजीवी,शिक्षा प्रेमी तीन जना, दलित सदस्य एक जना त्रीवी प्रतिनिधि एक जना, स्ववियु सभापती एक जना र मनोनित प्राध्यापकबाट एक जना गरी सर्वसहमत रुपमा १५ सदस्यीय समिति चयन गरिएको सामन्तले बताउँनुभयो ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षता एंव मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको क्याम्पसको ५ औँ साधारण सभामा शिक्षक, विद्यार्थी, शिक्षापे्रमी, अभिभावक लगायत सरोकारवालाहरुको आतिथ्यता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?