बैशाख पहिलो साता बित्दा पनी शैक्षिक गतिविधि ठप्प,विद्यार्थी तथा अभिभावक अन्योलमा

दार्चुला । बैशाखको पहिलो साता बित्दा पनी दार्चुलामा शैक्षिक गतिविधि ठप्प हुदा विद्यार्थी तथा अभिभावक अन्योलमा परेका छन् । शिक्षकहरुको आमहड्तालका कारण दार्चुलामा विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण,तथा पालिकास्तरिय ग्रेड वृद्धि परीक्षाहरु प्रभावित भएका छन् ।

चैत्र २० गतेबाट सङ्घीय राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनका कारण दार्चुलामा शैक्षिक गतिविधि प्रभावित भएको हो । शिक्षक महासंघले सञ्चालन गरेको शैक्षिक आमहड्तालमा ऐकेबद्धता जनाएपछि दार्चुलामा शैक्षिक गतिविधि ठप्प छ । सरकारले हाल सञ्चालन गरेको निःशुल्क तथा अनिवार्य शिक्षा प्रणाली अन्र्तरगत बैशाख १ गतेबाट ७ गतेसम्म साताव्यापी विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने तयारी गरिएको भएपनी विद्यालयहरुले भर्ना अभियान सञ्चालन नगर्दा भर्ना अभियान रोकिएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले जिल्लाभरीका विद्यालयहरुले आशिंक रुपमै शैक्षिक गतिविधिहरु बन्द गरेका छन् । त्यस्तै आन्दोलनका कारण स्थानीय तहले सञ्चालन गरिरहेको कक्षा ५ र ८ को आधारभूत उर्तिण ग्रेड बृद्धि परीक्षा समेत प्रभावित बनेको छ । बैशाख पहिलो साता बित्दा पनी विद्यार्थी भर्ना अभियान समेत सञ्चालन नहुदा बालवालिकाको भविष्य अन्योलमा पर्ने अभिभावकहरुको चिन्ता छ । जिल्लामा चैत्र मसान्तमै पाठ्यपुस्तक आइपुगेको भएपनी आन्दोलनका कारण पाठ्यपुस्तक बितरण कार्यक्रम पनी अन्योलमा परेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षा सञ्चालनको लागि अनुमति दिएको र शिक्षक आन्दोलन लामो समयसम्म नचल्ने सकेत देखिएको हुदा विद्यार्थी तथा अभिभावकहरुलाई अन्योलमा नपर्न इकाइ प्रमुख पन्तले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?