दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ६ रैचुमा खर (गाज्यो) काट्ने क्रममा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नौगाड गाउँपालिका ६ रैचुका अन्दाजी ५५ बर्षीय बिरुवा ठगुन्ना रहेको रेडियो लोकदर्पणका नौगाड सम्बाददाता प्रकाशसिह धामीले जानकारी दिनुभयो ।
खर काट्ने क्रममा माथिबाट ढुगां खसेको र ढुगां लाग्ने डरले भाग्न खोज्दा ठगुन्नाको भिरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।
मृतक ठगुन्नाको घरमा श्रीमती र चार जना छोरा रहेका छन् ।





प्रतिक्रिया