शिक्षकहरुद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास

दार्चुला । नाचगान, रक्तदान, सडकमा सुत्ने लगायतका शैली अपनाएर काठमाण्डौको सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरु आज भने उग्र देखिएका छन् । यस अघि प्रहरीले तोकेको ठाउँसम्म मात्रै प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज २५ औं दिनमा भने बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।

शिक्षकहरु प्रहरीले लगाएको बार नाघेर बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले २५ दिनदेखि माइतिघर–बबरमहल सडमा प्रदर्शन गर्दै आएका छन् । सामुदायिक बिबद्यालय बन्द भएको लामो समय भएपछि सरकारले शिक्षकसँग वार्तालाई तिब्र बनाएको छ ।

आज बिहान पनि सिंहदरबारमा शिक्षा मन्त्री रघुजी पन्तसहित वार्ता भएको थियो । तर, वार्ता निष्कर्षमा पुगेको छैन । अस्ति बिहिवार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ । जस अनुसार भोलिसम्ममा पठनपाठन गर्ने वातावरण बनाउनुपर्छ ।

शिक्षकहरु यस पटक आफ्ना सबै माग पूरा गरेर मात्रै फर्कने अडानमा छन् । ऐन जारी गर्न अझै समय लाग्ने भएकोले सरकारले माग पूरा गर्न सकेको छैन । यसैबीच विभिन्न पालिकाहरुले तत्काल बिद्यालय खोल्न निर्देशन दिन थालेका छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाले वैशाख १४ गते अर्थात् भोलिदेखि विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरूलाई निर्देशन दिएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाले पनि भोलिदेखि अनिवार्य पढाई सञ्चालन गर्न सूचित गरेको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिकाले पनि भोलिदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । अरू पालिकाहरुले पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिन थालेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?