दार्चुला । नेपाल शिक्षक महासंघले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ ।
आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरु ज्यान दिन तयार रहेको बताउनुभयो ।
बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो महासंघका अनुसार १५ जना बढी शिक्षक घाइते भएका छन् । यसपछि झन् शिक्षकहरू आक्रोशित भएका छन् ।
भोलि थप शिक्षक कर्मचारी काठमडौं आउने महासंघले जनाएको छ ।





प्रतिक्रिया