दार्चुलाका ९ स्थानीय तहका ६१ मध्ये ६ स्थानीय तहका १९ वडामा सचिव छैनन्।
जनप्रतिनिधि आएको तीन वर्षसम्म पनि कर्मचारी पठाउन नसक्दा वडाका कामकाज प्रभावित भएका छन्।
वडामा सचिव नभएपछि अहिले साविकका गाविस प्राविधिकहरूलाई सचिवकाे जिम्मेवारी दिएर काम भइरहेको छ।
दरबन्दीका सचिव नहुँदा प्राविधिकहरूले पनि दोहोरो जिम्मेवारीमा काम गर्नु परेको स्थानीय तहहरुले बताएका छन् ।




