दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका ५ वटा विद्यालयहरुमा भान्साघरहरु निर्माणकार्य तिव्र रुपमा सञ्चालन भइरहेको छ ।
एकीकृत विकास समाज नेपाल (आइडिएस) र लेकम गाउँपालिकाको समन्वयमा भान्साघरहरु निर्माण भइरहेको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमका प्राविधिक सहयोगी दिनेश सिंह धामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लेकम गाउँपालिकाभित्रका खरकडा, बुढाकोट, जोगीकोईराली,भाटाईजर र पिडमा भान्साघर निर्माण भइरहेका छन् । ५ वटै विद्यालयहरुमा असार मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यसहित भान्साघर निर्माण कार्य तिव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।
यसैबिच बैशाख १५ गते लेकम गाउँपालिकामा नयाँ भान्साकोठा निर्माणको लागि आवश्यक छलफल गरिएको छ । गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८२÷८३ सालको बजेटबाट योजना तर्जुमा गर्दा लेकम गाउँपालिकाभित्र रहेका बाकीँ ४२ वटै विद्यालयमा भान्साघर निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ ।





प्रतिक्रिया