सरकारले संविधानको समीक्षा गर्ने, सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने

दार्चुला । सरकारले संविधानको समीक्षा गर्ने भएको छ । आज सरकारको तर्फबाट आउँदो आर्थिक वर्ष २०८२। ८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको समीक्षा गर्ने बताउनुभएको हो ।

राष्ट्रपतिका अनुसार सरकारले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने, यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी, पुनरुत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्नेछ ।

संविधानको समीक्षा गर्नुका साथै सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमी–कमजोरी सच्याउँदै सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?