सुदूरपश्चिममा ८६ हजारको कोरोना परीक्षण गर्दा झण्डै सात हजार आठ सयमा संक्रमण पुष्टि

सुदूरपश्चिममा झण्डै ८६ हजारको कोरोना परीक्षण गर्दा करिब सात हजार आठ सयमा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ सहित प्रदेशमा विभिन्न प्रयोगशाला मार्फत सुदूरपश्चिम प्रदेशमा शनिबार सम्म ८५ हजार आठ सय ३० जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सबैभन्दा धेरै सेती प्रादेशिक अस्पताल प्रयोगशालाबाट ४५ हजार आठ सय ५० जनाको कोरोना परीक्षण गरिएको छ ।

डडेल्धुरा अस्पतालमा स्थापना गरिएको प्रयोगशालाबाट १७ हजार दुई सय ७८ जनाको परीक्षण गरिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १६ हजार तीन सय १८, डोटी अस्पतालबाट चार हजार पाँच सय ४५, बझाङ अस्पतालबाट एक हजार २५ र बैतडी अस्पताल प्रयोगशालाबाट छ सय ४९ जनाको परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

नमूना परीक्षण गरिएका मध्ये ९ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ। शनिबार सम्म प्रदेशभर सात हजार सात सय ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सबैभन्दा धेरै कैलालीमा दुई हजार छ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ। डोटीमा एक हजार एक सय दुई जना, अछाममा एक हजार ७९ जना, कञ्चनपुरमा आठ सय ३९ जना, बझाङमा पाँच सय ५० जना, बैतडीमा चार सय २० जना, बाजुरामा चार सय ५३ जना, डडेल्धुरामा तीन सय ३८ जना र दार्चुलामा ९९ जना कोरोना संक्रमित रहेका छन्।

संक्रमण पुष्टि भएका सात हजार सात सय ६२ जना मध्ये ६ हजार पाँच सय १ जनाले कोरोना जितिसकेका छन् भने २२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?