जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा २०२ जनाको पिसिआर परीक्षण गर्दा १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा दार्चुलाकाे दुहुँ गाउँपालिकाका ३० बर्षीय पुरुष रहेका जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
याे संगै दार्चुलामा काेराेना संक्रमितकाे संख्या १०० पुगेकाे स्वास्थ्य कार्यालय दार्चुलाले जनाएकाे छ ।




