दार्चुला । बैतडीको पुर्चाैडीमा काफल टिप्न गएकी एक बालिकाको रुखबाट लडेर मृत्यु भएको छ।
बुधबार विहान १० बजे तिर नगरपालिकाको वडा नम्बर ९ बथ्थोला बस्ने १४ बर्षीया सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट लडेर ज्यान गएको पुर्चाैडीबाट हरि साउदले जानकारी दिनुभयो । सिमा वडा नम्बर ९ कै खेती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत रहेको विद्यालयका शिक्षक नर बहादुर भण्डारीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बैतडीले भने यो विषयमा जानकारी नभएको बताएको छ।





प्रतिक्रिया