बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ।
पक्राउ परेका सिगास गाउँपालिका–८ का रामसिंह बोहरा, खडक बोहरा, केशव बोहरा, दानसिंह बोहरा र एक जना नाम नखुलाएका व्यक्तिलाई कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । एक किशोरीका आफन्त पर्ने भएकाले नाम नखुलाएको प्रहरी स्रोतले जनाएको छ।
सिगास गाउँपालिकाकी–१७ वर्षीया किशोरीलाई पटक पटक बलात्कार गरेको कुरा किशोरीले बच्चा जन्माएपछि बाहिर आएको थियो। विवाह गरेर गएको घरमा किशोरीले ६ महिनामै बच्चा जन्माएपछि किशोरीमाथि बलात्कार भएको कुरा बाहिर आएको हो।
पीडित किशोरीलाई अहिले जिल्ला अस्पताल बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ।




