बैतडीका ५,१४३ जनाको कोरोना परीक्षण गर्दा ४१२ जनामा संक्रमण

बैतडीमा हालसम्म ५ हजार १४३ जनाको कोरोना परीक्षण गरिएको छ। गत चैतदेखि अहिलेसम्म ५ हजार १४३ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयाे।

जिल्लाबाट ५ हजार १४८ जनाको स्वाब संकलन गरी विभिन्न प्रयोगशालामा परीक्षण गर्दा ५ जनाको मात्रै रिपोट आउन बाँकी रहेको छ । आइतबारसम्म बैतडीमा ४१२ जनामा कोरोना पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका मध्ये २२ जना सक्रिय संक्रमित रहेका छन् भने १ जनाको मृत्यु भइसकेको छ।

बाँकी ३ सय ८९ जना कोरोना जितेर घर फर्किसकेका स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?