दार्चुला । कैलालीमा बाटोमा सुत्केरी गराउन सहयोग पुर्‍याउने प्रहरी जवान चन्द्रीका देउवालाई प्रहरीले सम्मान गरेको छ ।

उहाँलाई हिजो जिल्ला प्रहरी कार्यालय कैलालीले कार्यालयमै बोलाएर नगद पुरस्कारसहित प्रशंसा पत्रले सम्मान गरेको हो । यस्तै केन्द्रीय प्रहरी कार्यालयले पनि उहाँलाई सम्मान गरेको छ ।

प्रहरी जवान देउवाले अस्ति मङगलवार बिहान कैलाली गोदावरी नगरपालिका १ बसन्तपुरको गुह्येश्वरी टोलमा बाटोमा सुत्केरी बेथाले छट्पटाइरहेकी २४ वर्षीया चन्द्रा आचार्यलाई सुत्केरी गराउनुभएको थियो ।

प्रहरी पोशाकमै सुत्केरी गराएको भीडीओ सामाजिक सञ्जालमा आएपछि उहाँको प्रशंसा भइरहेको छ । चन्द्रीका प्रहरी चौकी खैरानामा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?