देशका केही ठाउँमा वर्षाको सम्भावना

दार्चुला । पूर्व र मध्य भेगका केही ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो ६ घण्टायता काठमाण्डौ, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, पाल्पा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, गोरखा, तनहुँलगायतका ठाउँमा पानी परेको हो ।

आज दिउँसो पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरु तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हिमपातको समेत सम्भावना छ ।पश्चिमी वायु र स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण केही हप्तायता दिनहुँजसो पानी परिरहेको छ ।

यो क्रम अझै केही दिन रहने तर लगातारजसो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?