दार्चुला । कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया बसपार्कमा बिहीबार राति बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बेहोस अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्ममा अस्पताल पुर्‍याएको थियो । तर पद्मा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो । उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारकै क्रममा मृत्यु भएको डीएसपी सिंहले जानकारी दिनुभयो ।

मृतकको पहिचान भने खुलेको छैन । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?