दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर २ छेपट्टामा जिप दुर्घटना भएको छ । दार्चुलाको गोकुलेश्वरबाट गन्ना तर्फ गईरहेको गरेको से १ ज १०६१ नम्बरको जिप आईतबार राती १०ः३० बजेको समयमा डिलासैनी गाउँपालिका २ छेपट्टामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बल्देव बडूले जानकारी दिनुभयो ।
दुर्घटनामा डिलासैनी गाउँपालिका वडा नम्बर २ घर भएका जिप चालक बसन्त घरडी घाईते भएको उहाँले बताउनुभयो । जिपमा चालक बाहेक अन्य यात्रु नरहेको र घाइते चालकको गोकुलेश्वर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि कैलाली पठाईएको छ । घरडीको टाउकोमा चोट रहेको जनाईएको छ ।
जिप सडकबाट अन्दाजी ५० मिटर तल चौलानी नदीको किनारमा खसेको प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो ।





प्रतिक्रिया