प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

दार्चुला । विपक्षी दलहरूको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको आजको बैठक भोलि दिउँसो साढे १ बजेसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अवरुद्ध पारेका हुन् । उनीहरूले हिजो पनि बैठक नियमित विषयमा प्रवेश गर्नुअघि नै अवरुद्ध गरेका थिए ।

यस्तै भोलि दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठक आह्वान भएको छ । आउँदो आर्थिक वर्षको बजेट ल्याउने प्रयोजनका लागि संयुक्त बैठक आह्वान भएको हो । संयुक्त बैठकअघि दिउँसो पौने २ बजे राष्ट्रियसभाको बैठक पनि बस्ने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?