सुदूरपश्चिमका थप २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८५२ पुग्यो

सुदूरपश्चिमका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय दुई जनाको कोरोना परीक्षण भएकोमा २९ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीका १७ र बैतडीका ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८१ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत २ जना, पाटन नगरपालिका वडा नम्वर ५ का एक जना र मेलौली नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

पाटन नगरपालिका ५ का कोरोना संक्रमित पुरुष नेपाली सेनामा कार्यरत हुन्।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८ सय ५२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीका दुई हजार ६ सय ७०, डोटीका एक हजार एक सय सात, अछामका एक हजार ८१, कञ्चनपुरका ८ सय ७३ र बाजुराका ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै बझाङका पाँच सय ९५, बैतडीका चार सय २४, डडेल्धुराका तीन सय ५ट र दार्चुलाका एक सय जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका झण्डै ६ हजार ६ सयले कोरोना जितेका छन्। २३ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?