दार्चुला । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थव्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषणका क्रममा उहाँले गएको वर्ष आर्थिक वृद्धिदर ३।७ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा ४।६ प्रतिशत हुने प्रक्षेपण रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले उद्योग, निर्माण, थोक तथा खुद्रा व्यापारलगायतका क्षेत्रमा गएको आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालू आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरू धनात्मक वृद्धिदर हुने अनुमान रहेको बताउनुभयो । विद्युत्, यातायात तथा भण्डारण र वित्तीय तथा बीमा सेवालगायतमा उल्लेखनीय वृद्धिदर हुने अनुमान रहेको उहाँको भनाइ छ ।
अर्थमन्त्रीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ सय ३९ मेगावाट थप विद्युत् उत्पादन भएको दाबी गर्नुभयो । २०८२ साल वैशाखसम्म पर्यटक आवागमनको सङ्ख्या गएको वर्षको त्यही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भई ९ लाख २३ हजार पुगेको उहाँले उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको मुद्रास्फीति चालू आर्थिक वर्षको चैत्र महिनामा ३।४ प्रतिशतमा सीमित रहेको बताउनुभयो ।





प्रतिक्रिया