दार्चुला । लेकम गाउँपालिका गाउँकार्यपालिकाको बैठकले विद्युत र सडक निर्माण प्रकृया शुरु गर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट निर्माणाधिन समपुरक अनुदान बाहेकका सडक निर्माणको काम उपभोक्ता समितिमार्फत र प्रदेश र संघिय सरकारको समपुरक अनुदानबाट सञ्चालित सडक ठेक्कामार्फत अघि बढाउने निर्णय गरिएको छ ।

गत बर्ष निर्माण भएका सडकहरुको भुक्तानी हुन बाँकी बजेट भुक्तानी गर्ने र सडकको थप काम उपभोक्ता समितिमार्फत गर्ने निर्णय गरिएको लेकम गाउँपालिकाका प्रबक्ता महेन्द्रराज जोशीले जानकारी दिनुभयो । गाउँपालिकाले निर्माण गरिरहेका सडकहरु उपभोक्ता समितिमार्फत र समपुरक अनुदान प्राप्त सडकहरुलाई ठेक्कामार्फत निर्माण गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै लेकम गाउँपालिका अन्तरगत चालु आर्थिक बर्ष २०७७÷०७८ का लागि विनियोजित बजेट उज्यालो लेकम कार्यक्रम अन्तरगत लेकम गाउँपालिकाभरी विद्युतिकरण गर्न नेपाल विद्युत प्राधिकरण दार्चुला शाखा संग आवश्यक समन्वय गरी टेण्डर प्रकृयामा जाने निर्णय गरिएको छ ।

लेकम गाउँपालिकामा चालु आर्थिक बर्षमा विद्युतिकरणमा एक करोड ७८ लाख ५० हजार बजेट विनियोजन गरिएको लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले जानकारी दिनुभयो ।

आइतबार सम्पन्न गाउँकार्यपालिका बैठकमा अन्य विभिन्न समसामयिक विषयमा छलफल तथा निर्णय गरिएको अध्यक्ष जोशीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?