कैलालीमा क्याफेमा कफी पिइरहेका युवकमाथि खुकुरी प्रहार

दार्चुला । कैलालीको टीकापुरमा एक युवकमाथि खुुकुरी प्रहार भएको छ।

टीकापुर नगरपालिका वडा नम्बर १ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि बिहीवार दिउँसो घर नजिकैको क्याफेमा कफी पिइरहेका बेला खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुुमार सिंहले खुकुरी प्रहारबाट घाइते भएका विष्टको टाउको र छातीमा चोट रहेको जानकारी दिनुभयो । उहाँका अनुसार टीकापुरमा समान्य उपचारपछि विष्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ।

विष्टले क्याफेमा कफी पिइरहेको अवस्थामा दुई जनाले उनीमाथि खुकुरी प्रहार गरेको बुझिएपनि उनीहरुको पहिचान भने भएको छैन। दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनापछि कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणा आफैं अनुुसन्धानमा खटिएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?