नेपाल प्रगतिशील प्राध्यापक संगठनको केन्द्रीय सदस्यमा जोशी र भण्डारी मनोनित

दार्चुला । नेपाल प्रगतिशील प्राध्यापक संगठनको केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट रमेशचन्द्र जोशी र उत्तमसिंह भण्डारी मनोनित हुनुभएको छ । नेपाल प्रगतिशील प्राध्यापक संगठनको केन्द्रीय समितिको पुल्चोक क्याम्पस ललितपुरमा सम्पन्न पुर्ण बैठकबाट केन्द्रीय समिति सदस्यमा जोशी र भण्डारीलाई मनोनयन गरिएको संगठनका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज कृष्णसिंह साउँदले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्यमा मनोनित हुनुभएका उत्तमसिंह भण्डारी पाटन बहुमुखी क्याम्पस बैतडीमा उपप्राध्यापक हुनुहुन्छ भने रमेशचन्द्र जोशी दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलामा उपप्राध्यापक हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?