दार्चुला । बैतडीका एक युवक भारतको ब्याङलोरबाट बेपत्ता भएका छन् ।
जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ७ खेतीगाउँ घर भएका २३ वर्षीय जनक राज जोशी विगत २ महिनादेखि भारतको ब्याङलोरबाट बेपत्ता भएको स्थानीय नविन भट्टले जानकारी दिनुभयो । । रोजगारीको सिलसिलामा विगत १ वर्षअघि भारतको ब्याङलोर रहेका जोशी २ महिना यता सम्पक विहिन भएको उहाँले बताउनुभयो ।
उहाँलाई कहि कसैले भेट्टाएमा ९९११७२५१९५ र ८८६७३२७१३४ नम्बरमा सम्पक गरिदिन अनुरोध गरिएको छ ।





प्रतिक्रिया