लेकमका २ वटा विद्यालयमा कक्षाकोठा अभिभावक बैठक सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका २ वटा विद्यालयमा आधारभूत तह कक्षाकोठा अभिभावक बैठक सम्पन्न भएको छ ।

सिआरडिएस नेपाल शैक्षिक गुणस्तर सुधारका लागि इजीएलपी कार्यक्रम अन्तरगत वडा नम्बर २ को केदारनाथ माध्यमिक विद्यालय धरमघर र मालिकार्जुन आधारभूत विद्यालय गराडीमा  आधारभूत तह  कक्षाकोठा अभिभावक बैठक सम्पन्न भएको इजीएलपी लेकमका फिल्ड प्राविधिक गम्भिर सिंह बोहराले जानकारी दिनुभयो ।

कार्यक्रममा बालवालिकाको सिकाईको लागि अभिभावकहरुको प्रतिवद्धता, विद्यालयले अभिभावक रेकर्ड अनिवार्य रुपमा राख्ने,विद्यार्थी प्रगति विवरण अनिवार्य राख्ने, लगायतका विषयहरुमा छलफल गरिएको फिल्ड प्राविधिक बोहराले बताउनुभयो । त्यस्तै आजै दुबै विद्यालयहरुमा प्रारम्भिक तह पहिचान टोली समेत गठन गरिएको छ ।

कार्यक्रममा आइडिएस नेपालका प्राविधिक सहयोगी दिनेश सिंह धामी, कुस्मावती कृषि सहकारी संस्थाका दिवाखाजा सहजकर्ता पार्वती जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी, शिक्षक विद्यार्थी, अभिभावक शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?