टिंकर सडकमा प्रयाप्त बजेट विनियोजन नगरेको भन्दै कांग्रेस दार्चुलाद्धारा विरोध

दार्चुला । दार्चुलाको महाकाली करिडोरको तुसरपानी–टिंकर सडक खण्डमा प्रयाप्त बजेट विनियोजन नभएको भन्दै नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालय दार्चुलामा धर्ना दिनुका साथै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

बिहिवार (आज) नेपाली कांग्रेस जिल्ला सभापति ललित सिंह बोहराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिइएको हो । दार्चुलाको महाकाली करीडोरको तुसरपानी–टिंकर सडक खण्डमा नेपाल सरकारले पर्याप्त बजेट विनियोजन नगरेको तथा सौतेनी व्यवहार गरेको भन्दै सरकारको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिइएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

उक्त सडकमा आवश्यक बजेट तत्काल विनियोजन गर्न मागसहित प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार मन्त्रालय, अर्थ मन्त्रालय र दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रशाद बडूलाई कांग्रेस दार्चुलाले ज्ञापनपत्र बुझाइएको उहाँले बताउनुभयो ।

नेपाल सरककारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा दार्चुलाको टिंकर सडक  निर्माणको लागि ६ करोड ३१ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत कांग्रेसले सरकारलाई बुझाएको ज्ञापनपत्र

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?