विपक्ष दलहरूले अवरुद्ध गरेपछि आजपनी प्रतिनिधिसभा बैठक स्थगित

दार्चुला । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थागित भएको छ । आज बसेको बैठक विपक्षी दलको अवरोधका कारण कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । दिउँसो १ बजेका लागि तोकिएको बैठक दलबरुबीच सहमती नभएपछि दिउँसो साढे ३ बजेका लागि सारिएको थियो । त्यसपछि केही ढिला गरी बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरे ।

सभामुख देवराज घिमिरेले बैठक शुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका हुन् । सभामुख घिमिरेले विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहे पनि अवरोध कायमै रहेपछि बैठक भोलिसम्मका लागि स्थागित गर्नुभएको हो ।

विपक्षी दलका सांसदले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन् । आज सहित पाँच वटा बैठक अवरुद्ध भएका छन् । जेठ १३ र १४ गते बैठक शुरु भएपछि स्थगीत भएकोमा हिजो र अस्ति शुरु नै नभई स्थागित भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?