दार्चुला । बैतडीको डिलासैनी गाउँपालिकाले गाउँपालिकाभित्रका ५६ वटै विद्यालयहरुमा शैक्षिक साम्रगीहरु वितरण गरेको छ ।
शिक्षामा गुणस्तर बढाउने उद्धेश्यले गाउँपालिकाभित्रका विद्यालयहरुमा पहिलो चरणको शैक्षिक साम्रगीहरु वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिनुभयो ।
शिक्षामा गुणात्मक सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले ५६ वटै विद्यालयहरूमा म्याट, कार्पेट, ह्वाइट बोर्ड, डस्टबिन, आसन, सोलार पिलेट ब्याट्री ,पेनड्राइभ लगायतका शैक्षिक साम्रगीहरु वितरण गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै गाउँपालिकाले माध्यमिक विद्यालयहरुमा प्रविधिमैत्री शिक्षा प्रवद्धन गर्ने उद्धेश्यले ११ वटा माध्यमिक विद्यालयहरुमा प्रोजेक्टर समेत हस्तान्तरण गरेको छ ,भने केहि दिनमा थप शैक्षिक साम्रगीहरु हस्तान्तरण गरिने उहाँले बताउनुभएको छ ।





प्रतिक्रिया