स्ववियुद्धारा गोकुलेश्वर बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन

दार्चुला । स्वतन्त्र विद्यार्थी युनियन  गोकुलेश्वर क्याम्पस समितिद्धारा गोकुलेश्वर बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको छ ।

“राष्ट्र निर्माणमा युवाहरुको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा क्याम्पसमा अध्ययनरत ८ जना विद्यार्थीहरुको सहभागिता रहेको स्वतन्त्र विद्यार्थी युनियन गोकुलेश्वर क्याम्पस उपाध्यक्ष जिज्ञाशा चन्दले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागीमध्ये मन्जु मिश्र प्रथम, धाना जोशी द्धितीय र पूजा जोशी तृतीय हुनुभएको उहाँले बताउनुभयो । त्यस्तै प्रतियोगितामा हेमन्ती जोशीले सान्तना स्थान प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन गोकुलेश्वर क्याम्पस उपाध्यक्ष जिज्ञाशा चन्दको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गोकुलेश्वर बहुमुखी क्याम्पसका प्रमुख प्रमल सिंह महराको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?