बैतडीको पाटन नगरपालिका वडा नम्बर ५ सिल गरिएको छ । वडा नम्बर ५ का एक जनामा कोरोना पुष्टि भएकाले असोज २५ गते सम्मका लागि वडा सिल गरिएको वडा अध्यक्ष फुनिसिंह बोहराले जानकारी दिनुभयो ।
नेपाली सेनामा कार्यरत र अहिले आफ्नो घर वसन्तपुर फर्केका एकजना पुरुषमा सोमबार कोरोना पुष्टि भएको हो । कोरोनाको संक्रमण फैलिन नदिनका लागि असोज २५ गते सम्म वडा सिल गरिएको वडा अध्यक्ष बोहराले जानकारी दिनुभयो ।
संक्रमित पुरुषको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम गरेर स्वाब संकलन गर्ने कार्य समेत भईरहेको छ । संक्रमित पुरुषलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ ।
पाटन नगरपालिकाका अहिले सम्म ५१ जनामा कोरोना पुष्टि भएको छ भने ४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।





प्रतिक्रिया