दार्चुला । नेपाली कांग्रेस डिलासैनी गाउँ कार्यसमिति पूर्व-सचिव मदन नाथलाई नेकपा (एमाले) मा स्वागत गरिएको छ । जेठ १२ गते नेपाली कांग्रेस पार्टी परित्याग गरेका नाथले आज नेकपा (एमाले) मा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गरेका नाथलाई शनिवार (आज) धनगढीमा एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, पार्टी अध्यक्ष कृष्णबहादुर जैसी, सचिव रणबहादुर चन्द लगायतका नेताहरुले अविर र खादामालासहित पार्टीमा स्वागत गरेको नेकपा (एमाले) जिल्ला कमिटी बैतडीका सदस्य नरेन्द्र नाथले जानकारी दिनुभयो ।
नाथले जेठ १२ गते पार्टीको हरेक जिम्मेवारीबाट अलग भइ साधारणा सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । २०६८ साल देखि नेविसंघको विद्यार्थी राजनीति हुँदै पार्टीको डिलासैनी गाउँसमिति सचिव एवं नेविसंघ बैतडीको जिल्ला सचिव समेत रहेका नाथले एमालेमा प्रवेश गरेर नयाँ राजनीतिक भविष्य संगै आफ्नो गाउँठाउँको विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
नेपाली कांग्रेस पार्टीमा लामो संघर्षशील राजनैतिक यात्रा गरेको भएपनी कांग्रेसको नीति, नेतृत्व र भविष्य राम्रो नदेखेपछि आफुले नेपाली कांग्रेस पार्टी परित्याग गरेको उहाँले बताउनुभएको छ ।





प्रतिक्रिया