धनगढीमा नवजात शिशुलाई नालामा छाड्ने एक महिला पक्राउ

दार्चुला । कैलालीको धनगढीमा नवजात शिशुलाई नालामा छाड्ने एक महिला पक्राउ परेकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ (एच) गाउँस्थित साइनोचोक नजिकै बेवारिसे शिशु छाडेकी उनलाई इलाका प्रहरी कार्यालय बौलियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको जनाइएको छ।पक्राउ परेकी नवजात शिशुकी आमालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जेठ १२ गते स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए। प्रहरीले शिशुलाई सकुशल उद्धार गरी सोही दिन सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो। अहिले उक्त शिशुलाई धनगढीस्थित सेभहाउसमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?