मंगलवारदेखि पश्चिमी भागमा मौसमी प्रणाली विकसित हुने

दार्चुला । आज कोशी प्रदेशलगायत देशका अन्य ठाउँमा छिटपुट वर्षा भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । पर्सिदेखि देशका पश्चिमी भागमा मौसमी प्रणाली विकसित हुने सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो ।

यसवर्षको मनसुन कोशी प्रदेशमै रोकिदा बदली र वर्षा कम भएको महाशाखाले जनाएको छ । यस वर्ष औषत समयभन्दा १५ दिन चाँडो नेपाल भित्रिएको मनसुन दश दिनसम्म पनि अगाडी बढ्न सकेको छैन । कोशी प्रदेशमै पनि मनसुन शिथिल छ ।

कोशी प्रदेशमा प्रवेश गरेपछि सामान्यतया १२ देखि १५ दिनमा देशभर फैलने गथ्र्यो । गएको वर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन त्यसको १३ दिनमा अर्थात असार १० गते देशभर फैलिसकेको थियो । अहिले मनसुनी वायुभन्दा पश्चिमी वायुको शक्ति बढी रहेकाले मनसुनी वायुलाई पश्चिमतर्फ अघि बढ्न नदिएको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?