एलोन मस्कसँगको सम्बन्ध सकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलोन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ । एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले अब सम्बन्ध सुधार्ने चाहना नरहेको स्पष्ट पार्नुभएको छ ।

ट्रम्प र मस्कबीचको खटपट ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’ नामक कर तथा खर्च विधेयकप्रति मस्कको आलोचनापछि थप चुलिएको हो । मस्कले त्यो विधेयकले सरकारी खर्च बढाउने र देशलाई बर्बाद गर्ने टिप्पणी गर्नुभएको थियो ।

ट्रम्प र एलोन मस्कबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप तीव्र बनेको छ । कर र खर्चसम्बन्धी विधेयक हाउस अफ रिप्रेजेन्टेटिभ्स ९अमेरिकी संसदको तल्लो सदन०मा पास गरिएको थियो ।

यसमा कैयौं ट्रिलियन डलरको करमा छुट, रक्षा खर्चमा बढोत्तरी र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति दिइएको छ । अर्बपति मस्क डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिशिएन्सी (डीओजीआई) अर्थात् खर्च कटौती विभागमा झन्डै साढे चार महिना काम गरेपछि हालै बाहिरीनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?