दार्चुलाको लेकम गाउँपालिकामा इएमआएस तालिमको उद्धघाटन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिमा आधारभूत र माध्यमिक विद्यालयका आइटी स्रोत शिक्षकहरुको लागि तीनदिने इएमआएस सम्बन्धि क्षमता विकास तालिमको उद्धघाटन गरिएको छ ।

नेपाल सरकारको शर्शत कार्यक्रम अन्तरगत लेकम गाउँपालिकाको आयोजनामा तीनदिने इएमआएस तालिम सञ्चालन गरिएको लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख चुडामणी अवस्थीले जानकारी दिनुभयो । विद्यालयहरुमा भिजिएल माध्यमबाट पठनपाठन सञ्चालन गर्नका लागि तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

इएमआएस तालिममा हुनैनाथ माध्यमिक विद्यालय कुणीका कम्प्युटर शिक्षक चन्द्रदेब जोशीले सहभागी शिक्षकहरुलाई प्रशिक्षण गराइरहेका छन् । तालिममा प्रयोगात्मक सेशनका माध्यमबाट छलफल सहित सहभागीहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।

लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख चुडामणी अवस्थीको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिममा गाउँपालिकाभरिका आईटी स्रोत शिक्षकहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?