कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट

दार्चुला । कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज वीरबहादुर चन्द कुटिएका छन्।

चन्दमाथि चौकी नजिकै दिनदहाडै कुटपिट एवं आक्रमण भएको हो। सामान चेकजाँचको क्रममा चन्दमाथि आक्रमण भएको बताइएको छ। स्थानीय हार्डवेयर पसल संचालक तथा तस्करीसँग संलग्न रहेको आरोप लागेका राहुल रानाको समूहले चन्दमाथि कुटपिट गरेको हो।

उनीहरूको बिचमा सामान चेकजाँचको क्रममा विवाद सुरु भएको थियो। विवादको क्रममा राना समूहले प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात गरेका हो। घटनापछि चौकीमा तनावको स्थिति सिर्जना भएको थियो। यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले भने प्रतिक्रिया दिँदै तस्करविरुद्ध कानुनी कारबाही गरिने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?