दार्चुला । दार्चुलाको दार्चुलाको लेकम गाउँपालिकामा गाउँपालिकास्तरिय तीन दिने नमुना युवा सांसद अभ्यास कार्यक्रम सुरु भएको छ ।
उपासना मिडिया प्रालीको आयोजना तथा लेकम गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाको वडा नम्बर ५ मा तीन दिने नमुना युवा सांसद अभ्यास कार्यक्रम सञ्चालन गरिएको प्रशिक्षक भरत मल्लले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका ६ वटै वडाबाट तीन।तिन जना युवाहरुको सहभागिता रहेको छ ।
लेकम गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बल्देब सिंह बोहराको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, लटिनाथ माध्यमिक विद्यालय चौपाताका सहायक प्रध्यानाध्यापक महेश राज जोशी, वडा नम्बर १ का वडा अध्यक्ष नवराज पन्त, वडा नम्बर ६ का वडा सदस्य चन्चल सिंह खत्री,वडा नम्बर ४ का महिला वडा सदस्य लिला गिरी, शिक्षाप्रेमी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
नमुना युवा सांसद अभ्यास कार्यक्रम रेडियो लोकदर्पणका स्टेशन म्यानेजर लोकेन्द्र प्रशाद जोशीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई तीन दिनसम्म प्रशिक्षक भरत मल्लले प्रशिक्षण गराउने बताइएको छ ।





प्रतिक्रिया